Kakhara सबैको खबर सम्पूर्ण खबर
यी हुन माओवादी केन्द्र रुकुम पश्चिमका पालिका अध्यक्ष

रुकुम पश्चिमका सबै पालिकामा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व आएको छ । पौष १३ गते जिल्लाका सबै पालिकामा एकै दिन माओवादी केन्द्रका पालिका अधिवेशन सुरु भएका थिए । १३ गते उद्घाटन सत्र सम्पन्न भए पश्चात् नै बन्द सत्र सुरु भएका थिए । ६ पालिका मध्ये चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकामा चुनाव मात्र नेतृत्व टुङ्गियो भने अन्यमा सहमति भयो । चौरजहारीमा त नगर सदस्य चयन गर्न नै चुनाव गर्नु परेको थियो ।

सबै भन्दा ढिलो अधिवेशन चौरजहारीकै सकिएको थियो । यस पटक माओवादीले नेतृत्व चयन गर्दा लोकतान्त्रिक विधि अपनाएको छ । नेताहरूले टिका लगाएर नेतृत्व छान्छन् भन्ने आरोप खेपिरहेको माओवादीले यो पटक नेतृत्व चयनमा लचकता अपनाउँदै सहमति हुन नसकेका ठाउँमा चुनाव अपनाएको हो । आज हामीले कुन पालिकामा को अध्यक्ष बने र उनीहरूको राजनीतिक योगदान के छ भन्ने बारेमा जानकारी गराउँदै छौँ । 

मुसिकाेट नगर समिति
दल बहादुर खड्का
घर: मुसीकोट नगरपालिका-२, रातामाटा ।
उमेर: ४३ वर्ष
सदस्यता: २०५९
निवर्तमाण: मुसीकोट अध्यक्ष नगर समिति माओवादी केन्द्र ।
पूर्व आबद्वता: उपाध्यक्ष मुसीकोट नगर समिति माओवादी केन्द्र ।
अन्य संलग्नता: थुप्रै सामाजिक र विकासे अभियानकर्ता, अभियानको नेतृत्व तथा पहल ।

dal-bahadur-khadka-1735981808.jpg
दलबहादुर खड्का-अध्यक्ष, माओवादी केन्द्र मुसिकाेट

चौरजहारी नगर समिति
सुन्दर शर्मा 
घर:चौरजहारी नगरपालिका-१३, गरूले 
उमेर: ३३ वर्ष 
निवर्तमाण: सदस्य, प्रदेश समिति माओवादी केन्द्र/अखिल क्रान्तिकारी केन्द्रीय सचिव

sundar-sharma-1735981810.jpg
सुन्दर शर्मा-अध्यक्ष, माओवादी केन्द्र चाैरजहारी

आठबिसकोट नगर समिति
मणिराज बटाला 
घर: आठबीसको नगरपालिका-९, राडी ।
उमेर: ३६ वर्ष
निवर्तमाणः नगर सचिव माओवादी केन्द्र आठबीसकोट नपा ।
पूर्व संलग्नता: अखिल क्रान्तिकारी भक्तपुर जिल्ला अध्यक्ष ।

maniraj-batala-1735981809.jpg
मणिराज बटाला-अध्यक्ष, माओवादी केन्द्रआठबिसकाेट

सानीभेरी गाउँ समिति
धर्म पुन
घर: सानीभेरी गाउँपालका-२ ।
उमेर: ४६ वर्ष
निवर्तमाणः अध्यक्ष माओवादी सानीभेरी गाउँपालिका ।
पूर्व संलग्नता: वडा अध्यक्ष सानीभेरी गाउँपालिका-२ (२०७४-२०७९)।
जनयुद्वका पूर्णकालिन, जनमुक्ति सेनाको  कमाण्डर ।

dharmra-pun-1735981809.jpg
धर्म पुन-अध्यक्ष, माओवादी केन्द्र सानीभेरी 

त्रिवेणि गाउँपालिका 
मोहनकिशोर ओली
घर: त्रिवेणि गाउँपालिका-१ 
उमेर: ४३ वर्ष
निवर्तमाणः कर्णाली प्रदेश सदस्य माओवादी केन्द्र ।
पूर्व संलग्नता: वडा अध्यक्ष त्रिवेणि गाउँपालिका-१ (२०७४-२०७९)
जनयुद्वका पूर्णकालिन, जनमुक्ति सेनाको कमाण्डर ।

mohon-kishor-oli-1735981810.jpg
माेहनकिशाेर ओली-अध्यक्ष, माओवादी केन्द्र त्रिवेणी

बाँफिकोट गाउँपालिका
दक्ष पुन 
घर: बाँफिकोट गाउँपालका-५, बडगाउँ
उमेर: ५० वर्ष
निवर्तमाणः पालिका उपाध्यक्ष माओवादी बाँफिकाेट गाउँपालिका ।
पूर्व संलग्नता: जनयुद्वका पूर्णकालीन ।

dakshya-pun-1735981807.jpg
दक्ष पुन-अध्यक्ष, माओवादी केन्द्र बाँफिकाेट

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update