रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ को सोलावाङ बजार व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गरिएको छ । शनिवार भएको बजारवासीको भेलाले विष्णु केसीको अध्यक्षतामा सोलावाङ नमुना नयाँ बजार व्यवस्थापन समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा मञ्जित बिक, सचिवमा यामबहादुर डाँगी र कोषाध्यक्षमा हेमन्तप्रकाश ओली रहनुभएको छ । सदस्यहरूमा पोस्टराज पुन, मानबहादुर बुढाथोकी, प्रमीला ओली, रमा शर्मा र नन्दराम देवकोटा रहनुभएको छ ।
त्यस्तै ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । जसमा शंकरकुमार शर्मा, लालबहादुर शिर्पाली, विमलकुमार शर्मा, लोकबहादुर केसी, खीमबहादुर ओली, विष्णुकुमार शर्मा, चन्द्रा ओली खड्का, नारायणप्रसाद ओली र शक्तिकिरण बुढाथोकी रहनुभएको छ ।
समितिले सोलाबाङ बजारलाई नमुना नयाँ बनाउन पहल गर्ने निर्णय गरेको छ । यसका लागि बजारवासीले बजारलाई सुन्दर, शान्त र रमणीय बनाउनका लागि अनिवार्य रूपमा समितिले बनाएको आचारसंहिता पालना गर्ने र नगर्नेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।