रुकुमकोटको महिला बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व चयन
रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ मा रहेको रुकुमकाेट महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा दिल कुमारी मल्ल निर्वाचित हुनुभएको छ। शनिबार भएको चौथो अधिवेशन तथा १० औँ साधारण सभाले निर्विरोध ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो ।
उपाध्यक्ष सविना शाही हमाल, सचिव नन्दकला रिजाल र कोषाध्यक्षमा विमला शर्मा निर्वाचित हुनुभएको छ । सदस्यहरूमा सावित्री घर्ती, रत्ना बिसी, गौरबी सुनार, विमला बिसी, मधुदेवी गौतम, रिता आचार्य र गीता मल्ल निर्वाचित हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १२:४७
प्रतिक्रिया दिनुहोस्