मेलगैरी कृषि सहकारी संस्थाको अध्यक्षमा मनजित नाथ निर्वाचित
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा रहेको मेलगैरी कृषि सहकारी संस्थाको अध्यक्षतामा मनजित नाथ निर्वाचित हुनुभएको छ । शनिवार वडाको मेलगैरी शहीद स्मृति पार्कमा भएको ८ औँ साधारण सभाले सर्वसम्मत नाथकाे अध्यक्षतामा ९ सदस्यीय सहकारी सञ्चालक समिति निर्माण गरेको हाे ।
जसको उपाध्यक्षमा जनकुमारी केसी र सचिवमा तेजेन्द्र खत्री तथा कोषाध्यक्षमा भीमकुमारी पौडेल निर्वाचित हुनुभएको छ । सदस्यहरुमा नवीन गौतम, पशुपति खत्री, वीरबहादुर नेपाली, अमृता बुढा र ललिता खत्री चयन भएकाे निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै हर्कबहादुर नेपालीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरिएको छ । सदस्यमा अनबहादुर नाथ र आपेन्द्र खत्री रहनुभएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १२:५१
प्रतिक्रिया दिनुहोस्