रुकुम पश्चिमको आठविसकोट नगरपालिकाबाट दुई जना महिलालाई हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत पठाएको छ । आज दिउँसो एक सुत्केरी र एक गर्भवती महिलालाई उद्धार गरी सर्खेत पठाएको हो । वडा नम्बर २ पाहाडाकी २४ वर्षिया धनमाया बुढा र वडा नम्बर ३ खदीकी दिपा यरी बोहरालाई नेपाली सेनाकाे हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाएको आठविसकोट नगरपालिकाका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिपाले छोरीलाई जन्म दिसकेपछि रक्तश्राव नरोकिएका कारण र गर्भवती बुढाको रक्तचापका कारण नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि सुर्खेत पठाएको हो । बिरामीको अवस्था गम्भीर भएपछि आठबिसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । सोही अनुरोधका आधारणमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलीकोप्टर मार्फत गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको नगर प्रवक्ता घर्तीले जानकारी दिनुभयो ।