Kakhara सबैको खबर सम्पूर्ण खबर
डाँडा छिवाङमा विविध खेलकुद प्रतियोगिता हुने 
फालइ फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ डाँडा छिवाङमा बृहत खेलकुद तथा सांस्कृतिक पापीनी मेला लाग्ने भएको छ । यही माघ १ गतेदेखि ३ गतेसम्म मेला लाग्ने भएको हो । मेलामा खुला शुद्ध वडा स्तरिय पुरुष भलिवल, घैटोफोर, भाले तान्ने र एक नृत्य प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष भलिवल प्रतियोगितिामा प्रथम स्थान हासिल गर्ने समुहले ३० हजार, दोस्रो स्थान हासिल गर्ने समुहले २० हजार र तेस्रो स्थान हासिल गर्ने समुहले १० हजार र सान्तवना स्थान प्राप्त गर्ने समुहले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । स्थान प्राप्तगर्ने सवैलाई प्रमाणपत्रको पत्र ब्यवस्था गरिएको छ । दर्ता शुल्क ३ हजार रहेको छ । 

त्यस्तै घैटोफोर प्रतियोगितामा विजेता हुनेले १५ सय पुरस्कार सहित प्राणपमत्र प्राप्त गर्ने छ ।  भाले तान्ने प्रतियोगितामा विजेता हुनेले लेकाली कालो भाले प्राप्त गर्ने आयोजकले जनाएको छ । दर्ता शुल्क समान २ सय रहेको छ । त्यस्तै  एकल नृत्यमा विजेता हुनेले नगद २ हजार रुपैयाँ पुरस्कार सहित प्रामाणपत्र प्राप्त गर्ने छ । मेलामा स्थानीय झाकी सहित पापीनी नाच पनि प्रर्दशन गरिने मेला व्यवस्थापन समितिले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update