रुकुम पूर्वको सबै पालिकामा नेकपा माओवादी केन्द्र नयाँ नेतृत्व आएको छ । पौष १३ देखि १८ गते सम्म चलेको तेस्रो जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्माण गरेको हो । तीन पालिका रहेको जिल्लामा भूमे र सिस्नेमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व निर्माण भएको थियो भने पुथाउत्तरगंगा गाउँपालिमा अध्यक्ष, सचिव, कोषाध्यक्षको लागि निर्वाचन प्रक्रिया मार्फत नेतृत्व टुङ्गिएको थियो । तीन पालिका मध्य सबै भन्दा ढिलो अधिवेशन पुथाको सकिएको हो ।
यस पटक माओवादीले नयाँ नेतृत्व निर्माण गर्दा लोकतान्त्रिक विधि अपनाएको छ । यस अघिल्ला वर्षहरूमा नेताहरूले टिका लगाएर नेतृत्व निर्माण गर्छन् भन्ने आरोप खेपिरहेको माओवादीले यो पटक नेतृत्व चयन गर्दा लचकता अपनाउँदै सहमति हुन नसकेको ठाउँमा निर्वाचन प्रक्रिया मार्फत नयाँ नेतृत्व निर्माण गरेको छ । आज हामीले कुन पालिकामा को अध्यक्ष बने र उनीहरूको राजनीतिक योगदान के छ भन्नेबारे जानकारी गराउँदै छौँ ।
सिस्ने गाउँपालिका
मन्सराम खड्का
घर: सिस्ने गाउँपालिका २ किँदा
उमेर: ४८
जन्म मिति: २०३४ साल ८ महिना २४ गते
निवर्तमान: सिस्ने गाउँपालिकाको पार्टी अध्यक्ष
सदस्यता: २०५०
पूर्व संलग्नता: नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका उपाध्यक्ष, थुप्रै सामाजिक काम र समाज सेवा
शैक्षिक योग्यता: बि एड उत्तीर्ण
राजनीतिक यात्रा: २०४८ देखि, विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी, हिमालय मावि नायगाडको मूल इकाई समिति
पुथाउत्तरगंगा गाउँपालिका
सङ्गम रोका
वर्ष: ४०
घर: पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ डिम्मुर गैरा
पूर्व संलग्नता: विकाश निर्माण काम सँगै जनसेवा
शिक्षा: एसएलसी उत्तीर्ण
सदस्यता: २०५६
राजनीतिक यात्रा: जनयुद्धका पूर्णकालीन, जनमुक्ति सेनाको बटालियन कमान्डर
भूमे गाउँपालिका
दीपक पुन
घर: भूमे गाउँपालिका ९ चुनवाङ
वर्ष: ४३
सदस्यता: २०५६
राजनीतिक यात्रा: पार्टीको वडा इन्चार्ज, २०७४ देखि ७९ सम्म नम्बर वडाको वडा सदस्य, जनयुद्धका पूर्णकालीन, जनमुक्ति सेनाको बटालियन सहायक कमान्डर