Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालय संस्थापक अध्यक्ष स्वर्गीय यज्ञबहादुरको सालिक अनावरण 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर  ८ पेउघाका समाजसेवि तथा जनप्रिय माध्यमिक विद्यालय पेउघाका संस्थापक अध्यक्ष यज्ञबहादुर खड्काको सालिक अनावरण गरिएको छ । उहाँको १०९ जन्मजयन्तीको अवसरमा जनप्रिय मावि पेउघामा खड्काले विद्यालयलाई पुर्याको योगदानको कदर गर्दै सालिक अनावरण गरिएको हो । कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री तथा जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य बेदराज सिंहले सालिकको अनावरण गर्नुभएको हाे ।

76ecef98-0fea-4bc4-bdff-91ceb1aa0291-1736430115.jpeg

खड्काको सालिकमा उहाँका छोरा, बुहारी, विद्यालयका शिक्षक, कर्मचारी लगायत स्थानीयले फुलमाला चढाएका सम्मान गरेका थिए । प्रमुख अतिथि  प्रदेश सभा सदस्य सिंहले स्वर्गीय खड्काले समाजमा पुर्याएको योगदानको कदर सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले समाजलाई पुर्याएको योगदान अतुलनीय र अनुकरणीय रहेको समेत उल्लेख गर्नुभयो ।

विषेश अतिथि त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले स्वर्गीय खड्काले समाजलाई पुर्याएको योगदानको सम्मान गर्दै परिवारले विद्यालयमा सालिक स्थापना गर्नु सरकारात्मक पक्ष रहेको बताउनुभयो । समाजका लागि विषेश योगदान पुर्याएका ब्यक्तिलाई सम्मान गर्नूपर्ने उहाँको भनाइ थियो ।  तर समाजमा सामान्य योगदान गरेका ब्यक्तिको सम्झनामा सालिक निर्माण गर्न आवश्यक नरहेको उल्लेख गर्दै यस्तो प्रवृति सिर्जना हुनसक्ने तर्फ सचेत हुनुपर्ने गाउँपालिका अध्यक्ष केसीको भनाई थियो । 

1440e7b2-bff5-48cc-aa1b-fc992d2a37e3-1736430077.jpegत्यस्तै स्वर्गीय यज्ञबहादुरका कान्छा छोरा कृति खड्काले बुवाले विद्यालय तथा समाज पुर्याएको योगदानको कदर गर्दै पछिसम्म जन्मीने पुस्ताले स्मरण गरोस गर्ने उदेश्यले बुवाको सालिक निर्माण गरेको बताउनुभयो । विद्यालय परिसरमा निर्माण गरिएको सालिकको संरक्षणमा पनि विद्यालयले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । 2a8d278f-e3fb-46b4-98db-3bcf8796a799-1736430077.jpeg

सालिक अनावरण कार्यक्रममा अन्य राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले पनि स्वर्गीय ज्ञयबहादुरले पुर्याएको योगदानको कदर गर्दै उहाँले सिकाएको बाटोमा अघी बढ्नुपर्ने बताएका थिए । स्वर्गीय यज्ञबहादुरका ४ छोरा १ छोरी हुनुहुन्छ । १९७३ पुस २५ गते जन्मनुभएका स्वर्गीय यज्ञबहादुरको ८४ वर्षको उमेरमा २०५६ साल पुस १४ गते मृत्यु भएको थियो । 

0c217697-c860-4f6b-a844-ac68a32c5883-1736430035.jpeg

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update