रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकाले चार वटा विधेयक पास गरेको छ । बिहीबार गाउँपालिकाको सभा हल तकमा भएको १९ औँ अधिवेशनले विधेयक पास गरेको हो ।
स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन विधेयक २०८१, भाङ्गो जन्य पदार्थ संरक्षण र व्यवस्थापन विधेयक २०८१ पास गरेको छ।
यस्तै पर्यटन प्रवर्द्धन विधेयक २०८१ र वन संरक्षण विधेयक २०८१ पास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिनुभयो ।
यस्तै अधिवेशनबाट गाउँपालिकाका सबै वडालाई विशेष पहिचान युक्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । यार्सा, पर्यटन, आलु तथा स्याउ उत्पादन, वन तथा, वातावरण, तातो पानी, र सुन्तला उत्पादन क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो ।
यस्तै बेरुजु फर्स्यौट र बजेटको शीर्षकान्तर तथा रकमान्तर सम्बन्धी पनि निर्णय गरिएको छ ।