कखरा साहित्य
भरतसंगम परियारका मुक्तक
तिमीले लगाएको लुगा अनि जुत्ता हामीले बनाएको हो
नसम्झ डाक्टर, इन्जिनियर, वैद्य अनि धामीले बनाएको हो
ए हामीलाई अछुत बनाउने मान्छे यो पनि बुझी राख्,
तिमीले पुज्ने मन्दिर भित्रको मूर्ति पनि कामीले बनाएको हो
----------------------------------
तिम्रो याद कसैगरी टार्न सक्दिन म
यो मनमा अरूलाई बार्न सक्दिन म
भुलेर गयौ ठिकै छ माया मार नभनिदेउ,
बिन्ती गर्छु तिम्रो माया मार्न सक्दिन
----------------------------------
चुँडाएर मन मुटु सिउने कुरा गर्दै नगर
तिम्रा याद भुलाउन मदिरा पिउने कुरा गर्दै नगर
यदि जातभात मान्दैन भन्ने आँट छ भने तिमीमा,
छुट्टिएर हामी दुई जिउने कुरा गर्दै नगर
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१ ०७:००
प्रतिक्रिया दिनुहोस्