Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिमा अदुवा प्रशोधन उद्योग बन्दै
अदुवा प्रशाेधन उद्याेगकाे भवन ।

रुकुम पश्चिमको त्रिवेणि  गाउँपालिकामा अदुवा प्रशोधन उद्योग सञ्चालन हुने भएको छ । वडा नम्बर ६ दहवाङमा उद्योग निर्माणको काम भैरहेको छ । जिल्लाको त्रिवेणि गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका र बागचौर नगरपालिकाको अदुवा प्रशोधन गरी विक्रि गर्ने उद्देश्यले उद्योग सञ्चाललनको तयारी थालिएको हो ।  हाल उद्योगका भौतिक संरचनाको काम भैरहेको छ ।

कर्णाली प्रदेश सरकारको बजेटबाट त्रिवेणि श्रम सहकारी मार्फत उद्योग निर्माणको काम भैरहेको सहकारीका अध्यक्ष शेरबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको डिपिआर गर्दा ३ करोड ९६ लाख बजेट लाग्ने अनुमान गरिएकोमा हाल सम्म प्रदेश सरकार र सहकारीको गरी  करोड ८० लाख खर्च भइसकेको छ ।

उद्योगमा राखिने मेशिनका केही पाटपुर्जा आइसकेको र मुख्य मेसिन आउन बाँकी रहेको उहाँको भनाई छ । उद्योगको मुख्य मेशिन भारतबाट ल्याइने भएकाले कोरोना र लकडाउनका कारण ल्याउन नसकिएको अध्यक्ष मल्लले बताउनुभयो । भौतिक संरचना निर्माणको काम सकिएपछि उद्योग सम्मपुग्ने थ्रि फेज बिद्युत, ट्रान्सफरमर जडान लगायतका काम गरिने छ ।

दहबाङमा उद्योग निर्माणपछि अदुवा मात्र नभएर बेसार, अलैचि, टिम्मुर पनि प्रसोधन हुने छ । बजारको माग अनुसारको मसला प्रसोधन गरिने अध्यक्ष मल्लले जानकारी दिनुभयो । जिल्लाको त्रिवेणि णिगाउँपालिका, चौरजहारी नगरपालिका र सल्यानको बागचौर नगरपालिका र दार्मा गाउँपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा उत्पादन हुने गर्दछ ।


 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update