Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेमा छैटौँ  राष्ट्रपति रनिङ शिल्ड आगामी माघ १५ गते देखि

रुकुम पूर्वको भूमे गाउँपालिकामा मावि स्तरीय छैटौँ  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ १५ गते देखि हुने भएको छ । १ नम्बर वडा स्थित सिद्धचौर माध्यमिक विद्यालयको   खेल मैदान लुकुममा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

शुक्रवार बसेको खेल व्यवस्थापन तथा निर्देशन समितिको बैठकले माघ  १८ गते सम्म सञ्चालन सम्म गर्ने निर्णय गरेको छ ।  पालिका भित्रका नौ वटा मावि विद्यालयले सहभागी हुने भएका छन् ।

शिल्डमा छात्र, छात्रा भलिबल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट प्रतियोगिता सञ्चालन हुने शिक्षा  युवा तथा खेलकुद शाखा प्रमुख  कौशल कुमार तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिल्डमा दौड तर्फ  छात्र, छात्रा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड  प्रतियोगिता सञ्चालन हुनेछन् । त्यस्तै छात्र, छात्रा रिले दौड, प्रतियोगिता पनि हुने शाखा प्रमुख तिवारीले जानकारी दिनुभयो ।

साथै खेल व्यवस्थापन तथा निर्देशन समितिले माघ १० गते आयोजक विद्यालयमा सचिवालय गठन गर्ने र शिल्डको सम्पूर्ण कामकाजहरु सचिवालयबाट गरी शिल्डलाई थप मर्यादित र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

शिल्ड व्यवस्थापन तथा निर्देशन समितिका संयोजक तथा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको बैठक बसेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update