रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा जिराफ परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) ले भूकम्प पछिको पुननिर्माणको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । शुत्रबार पालिकाको कार्यालय खारानेटमा जनप्रतिनिधी, कर्मचारी लगायत स्थानीय सँग अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया तथा छलफल कार्यक्रममा आप्रवासन संगठन (आइओएम) ले आगामी दिनमा गर्ने कामको प्रभावकारी कार्यान्वयन, पुनर्निर्माण सम्बन्धी छलफल गर्ने उदेश्यले त्रिवेणी गाउँपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको त्रिवेणी गाउँपालिका विपद् फोकल प्रर्सन खिमबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्तरक्रिया कार्यक्रममा समुह विभाजन गरेर पुनर्निर्माण सम्बन्धी छलफल गरिएको थियो । छलफलमा उठेका प्रश्नहरुको गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले जवाफ दिनुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत यज्ञबहादुर भण्डारी, आप्रवासन संगठन (आइओएम) का परामर्शदाता राजु कार्की ,सञ्चारकर्मी दिनेश श्रेष्ठ, कार्यपालिका सदस्यहरु, त्रिवेणी गाउँपालिकाका १० वटै वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कार्यालयका विभिन्न शाखा प्रमुख, सुरक्षाकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।