नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुकुम(पूर्व)को प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट मैत्या घर्तीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
जसको उपाध्यक्षमा प्रभात गुरुङ, सचिवमा कृष्ण पुन मगर, सह–सचिवमा हिरा बुढा मगर र कोषाध्यक्षमा धनकुमार पुन मगर चयन हुनुभएको छ ।
सदस्यहरूमा जमुना खत्री पुन मगर, विशाल घर्ती मगर, सामना घर्ती मगर, निमा पुन मगर, वीरप्रताप बुढा मगर, आसकुमारी रोका मगर, कुसुम रोका मगर र नवीना पुन मगर रहनुभएको छ ।
त्यस्तै अधिवेशनबाट संघीय र प्रदेश प्रतिनिधि समेत चयन गरिएको छ । संघीय प्रतिनिधिमा सुरविन्द्रकुमार पुन मगर, कर्मसही घर्ती मगर, वसन्त बाँठा मगर, जमुना खत्री पुन मगर र विशाल घर्ती मगर रहनुभएको छ ।
प्रदेश प्रतिनिधिहरूमा बरम बुढामगर, दिलचन पुन मगर, निमा पुन मगर र हिमाल पुन मगर चयन भएको बताइएको छ ।