Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकालाई कम्प्रेसर टेस्टिङ मेसिन सहयोग 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई कम्प्रेसर टेस्टिङ मेसिन सहयोग गरिएको छ । बेलायत सरकार (एफसिडिओ) को आर्थिक सहयोगमा गाउँपालिकालाई आइतबार कम्प्रेसर टेस्टिङ मेसिन सहयोग गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउलेलाई अन्तराष्ट्रिय आप्रवासन संगठन नेपाल (आइओएम) का इन्जिनियर चन्द्र अधिकारीले मेसिन हस्तान्तरण गर्नुभएको हो । 

अन्तराष्ट्रिय आप्रवासन संगठ (आइओएम) ले १० लाख रुपैयाँ बराबरको मेसिन सहयोग गरेको त्रिवेणी गाउँपालिका विपद् फोकल पर्सन खिमबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार मेसिन उपलब्ध भएसँगै अव पालिकामा निर्माण भएका भवन वा अन्य संरचना सुरक्षित छन् वा छैनन् भनेर जाँच गर्न सकिने छ । त्यस्तै इटा, कङ्क्रीट, सिमेन्ट, ब्लक जस्ता निर्माण सामग्रीको दबाब सहने क्षमता जाँच गर्न पनि सकिने छ । 

उक्त मेसिन भवन निर्माण ,सडक, पुल, इन्जिनियरिङ क्षेत्रको क्षमता जाँच गर्न प्रयोग गरिने विपद् फोकल प्रर्सन ओलीले जानकारी दिनुभयो । पालिकाका प्राविधिकलाई मेसिनले चेकजाँच गर्ने निर्माण सामग्री सम्बन्धी तालिम समेत प्रदान गरिएको छ । कम्प्रेसर टेस्टिङ मेसिन बेलायत सरकार (एफसिडिओ) को आर्थिक सहयोग, अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम) को व्यवस्थापनमा स्थानीय साझेदार निकाय (सिकाइएन नेपाल) द्धारा कार्यान्वयन भएका संयुक्त पुनर्लाभ परियोजना अन्तरर्गत उक्त मेसिन सहयोग गरिएकाे बताएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update