Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणि ६ का ४० वर्षिय कोरोना संक्रमितको मृत्यु 
फाइल फाेटाे ।

रुकुम पश्चिममा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका वडा नं. ६ का ४० वर्षिय पुरुषको आज बिहान ९ः३३ मा जिल्ला अस्पतालको आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो । बैशाख २१ गते आईसोलेसनमा भर्ना भएका उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि सुर्खेत लैजाने तयारी भएका बेला मृत्यु भएको आईसोलेसन वार्ड इन्चार्ज मिलन रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिस्चार्जको सबै पक्रिया पुरा गरेर सुर्खेत लैजाने अन्तिम तयारी भएका बेला उनको मृत्यु भएको हो । उनिमा पनि श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ । यो संगै जिल्लामा मृतकको संख्या १५ पुगेको छ । जिल्लामा दैनिक रुपमा कोरोना संक्रमितको मत्यु भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update