आज हिन्दुहरूको पर्व माघी तिहार मकर संक्रान्ति रहेको छ । आजका दिन ज्योतिषशास्त्रका अनुसार धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने समयलाई मकर संक्रान्ति भनिन्छ । सबै संक्रान्ति महत्त्वपूर्ण हुँदाहुँदै पनि मकर संक्रान्तिको विशेष महत्त्व छ। यस दिन बिहानै उठेर स्नान गर्दा दान र पूजाआजा गर्दा निकै फलदायी हुने गर्दछन् यस दिनको स्नानले सिर्फ मैलो पखाल्नु मात्रै नभई यसको महत्त्व धर्मसँग पनि जोडिएको छ ।
यस दिन सेलरोटी कद्दु पिँडालु तरुल बन् तरुल मह र तिलले बनेको लड्डु खानाले विभिन्न रोगहरू निको हुने पनि धार्मिक मान्यता छ। साथै यस दिन कनकाई ब्राह् क्षेत्र, चतरा धाम जनकपुर, सप्तकोसी रिडी क्षेत्रमा स्नानका लागि श्रद्धालु भक्तजनहरू पुग्ने गर्दछन् । त्यसैगरी भारतको काशी प्रयाग हरिद्वार र पञ्चवटी जस्ता पवित्र स्थलमा मेला लाग्ने गर्दछ । भारतमा पनि विभिन्न ठाउँमा विभिन्न तरिकाले मकर संक्रान्ति मनाउने गर्दछन् कुनै ठाउँमा मिठा मिठा भोजनका परिकारहरू खाएर त कुनै ठाउँमा वृद्ध वृद्धादेखि बालबच्चाहरूले समेत चङ्गा उडाएर दिनभरि यो पर्व मनाउने गर्दछन् ।
नेपालका तराई क्षेत्रमा पनि चङ्गा उडाउने चलन चलिआएको छ । धार्मिक मान्यता अनुसार भगवान् रामले मकर संक्रान्तिका दिन चङ्गा उडाएको र उक्त चङ्गा इन्द्रलोक पुगेको दिनदेखि यो मान्यता चलिआएको भन्ने विश्वास छ ।