Kakhara सबैको खबर सम्पूर्ण खबर
पाँचाैँ पटक हुम्लामा हिमपात
फाइल फाेटाे ।

जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका वडा नम्बर ६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताउनुभयो । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो ।

लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँपर्ने क्रम नरोकिएको बताउँदै उहाँले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताउनुभयो । यसवर्ष जिल्लामा पाँचाैँ पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update