Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको सदरमुकाम मुसिकाेटमा अनावश्यक सवारी पार्किङ गरेमा कारबाही हुने भएको छ । जिल्ला यातायात व्यवस्थापन समितिको केही दिन अघि बसेको बैठकले सदरमुकाम मुसिकाेटमा सवारी चाप व्यवस्थापन गर्ने निर्णय गरेको थियो । जसअनुसार जथाभाबी सवारी पार्किङ गरेमा कारबाही हुने प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । पहिलो चरणमा सचेतनाको पाटोलाई जोड दिइएको उहाँले बताउनुभयो । 

‘सुरुवातमा सचेतनाको पाटोमा जोड दिइएको छ, जस्तो कुन ठाउँमा पार्किङ गर्ने, कुन ठाउँमा पार्किङ गर्न नमिल्ने भनेर सबैलाई बुझाउने काम भइरहेको छ, त्यसपछि भने अटेरी गर्नेलाई ट्राफिक नियम अनुसार कारबाही हुन्छ उहाँले भन्नुभयो ।’ विशेष गरी खलङ्गाका बागबजार, त्रिवेणी चोक र पातुखोला बजार क्षेत्रमा जथाभाबी पार्किङका कारण सडक जाम हुने गरेकाले जथाभाबी पार्किङमा कडाइ गरिएको उहाँले बताउनुभयो । 

ठुला सवारी साधन सल्ले बसपार्कमा, हलुका सवारी साधन (जिप, भ्यान, हायस) पुरानो फोहोर सङ्कलन केन्द्र रहेको शिव मन्दिर छेउ परिसरको जग्गामा पार्किङ गर्नुपर्ने छ । अटो तथा इभी गाडी जिल्ला हुलाक कार्यालयको दक्षिण–पश्चिममा रहेको मुसिकोट नगरपालिकाले व्यवस्थापन गरेको ठाउँमा पार्किङ गर्नुपर्ने छ । 

अटो तथा इभि गाडी लाइनको आधारमा जिल्ला अदालत अगाडीको सडकमा २, त्रिवेणी चोकमा तीन र बागबजार प्रहरी पोष्ट अगाडी ३ वटा अटो तथा ईभि गाडी अस्थायी पार्किङ गर्न र यात्रु चढाउन पाइने छ । 

यसैबिच विभिन्न यातायात प्रालिका मठ देखि सेरिगाउँमा सञ्चालित टिकट काउन्टर तत्काल हटाई सल्ले र सेरीगाउँमा सञ्चालन गर्ने निर्णय समेत निर्णय भएको छ । साथै जिल्लाको समग्र यातायात व्यवस्थापनका विषयमा छलफल र समीक्षा गर्न हरेक हप्ताको सोमबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयमा नियमित बैठक समेत बस्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो । 

यसै सन्दर्भमा हामीले प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीसँग थप कुराकानी गरेका छौँ । 

कुराकानी........

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update