Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा आपतकालीन परियोजना संचालन गर्न समझदारी पत्रमा हस्ताक्षर 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिमा युएयएआइडी र त्रिवेणी गाउँपालिकाको आपतकालीन परियोजना अन्तरर्गत भुकम्प प्रविधी राष्ट्रिय समाज नेपाल बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार गाउपालिका अध्यक्ष गनेशकुमार केसी तथा एनएसइटीको तर्फबाट कार्यकारी निर्देशक रमेश गुरागाईले सझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी पत्रमा हस्ताक्षर भएसमँगै पहिलो चरणमा पालिकामा अस्थायी सिकाइ केन्द्र, टिएलसी शौचालय र हात धुने संरचना निर्माण हुने त्रिवेणी गाउँपालिका विपद् फोकल प्रर्सन खिमबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रो चरणमा विद्यालयहरुमा विभिन्न प्रकोपबाट सिर्जना हुनसक्ने विपदबाट सुरक्षित राख्न र सिकाइ निरन्तरतालाई सुनिश्चित गरिने छ । त्यस्तै बृहत् विद्यालय सुरक्षा अवधारणा अन्तरर्गत विद्यालयका लागि सचेतना अविबृद्धी गर्ने, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य गर्ने उदेश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको गाउँपालिकाले जनाएको छ ।

दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा पालिका अध्यक्ष केसी, प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी, सहयोगि संस्था एनएसइटीको तर्फबाट कार्यकारी निर्देशक रमेश गुरागाई, निर्माण प्रबन्धक प्रमोद खतिवडाको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update