Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्यानका तिलकको भारतमा दुर्घटनामा परि मृत्यु

रोजगारीको सिलसिलामा भारत गएका सल्यानका एक युवकको मृत्यु भएकाे छ । बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ४ मानेटोल देउली निवासी करिब ३० वर्षीय तिलक बुढाथोकीको आफैँले चलाएको मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिएर मृत्यु भएकाे हाे ।

उनी ६ दिन अगाडि दुर्घटनामा परेका थिए। उनलाई उपचारका लागि गुजरातमा रहेको साइबाग सिभिल हस्पिटलमा लगिएको थियो । ६ दिनपछि डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।   

बुढाथोकी श्रीमती सहित केही वर्ष यता भारतमा बस्दै आएका थिए । उनका दुई छोरा छन् । मृतक बुढाथोकीको शव दाह संस्कारका लागि सल्यान ल्याइएको छ।

मृतकका परिवारलाई केही राहत होस् भनेर नेपाल भारत मैत्री सेवा बसका सञ्चालकहरू रबिन गोसाईं, कमल बिक, दलवीर बोहरा लगायतले करिब १ लाख १० हजार आर्थिक संकलन गरी मृतकका परिवारलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update