Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिदको सम्मानपछि पदवहाली
नव नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा सहिदको फोटोमा माल्यार्पन गर्नुहुँदै ।

कर्णाली प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले पदवहाली गर्नुपूर्व सहिदप्रति सम्मान व्यक्त गर्नुभएको छ । मन्त्रालयको प्रवेशद्धारमा राखिएका सहिदका फोटो माल्र्यापन गरेर मन्त्री शर्माले पदवहाली गर्नुभएको हो ।

कम्युनिष्ट आन्दोलनका प्रथम सहिद कामी बुढा, राना शासन विरोधी सहिद, जनयुद्धका सहिद, कर्णाली प्रदेश प्राप्तीको आन्दोलनका सहिद, जनआन्दोलन तथा विभिन्न समयमा भएका परिवर्तणकारी आन्दोलनमा भएका सम्पूर्ण सहिदहरुप्रति सम्मान व्यक्त गर्दै शर्माले मन्त्रालयको प्रवेशद्धारमा राखिएका फोटोमा माल्यार्पन गर्नुभएको थियो ।

व्यवस्था परिवर्तणका खातिर ज्यानको आहुति दिने सहिदप्रतिको सम्मान स्वरुप माल्यार्पन गरिएको शर्माले बताउनुभयो । ‘हामी हाल जे छौं, जुन अवस्था र व्यवस्थामा छौं, त्यसको पहिलो श्रेय सहिदहरुलाई नै जान्छ,’ शर्माले भन्नुभयो, ‘सहिद, सहिदका आफन्त, घाइते, अपांग र अरु थुप्रैको योगदान वापतको शासन व्यवस्थामा हामी छौं ।’ सहिद, सहिद परिवार, घाइते, अपांग र अरु धेरैको सपना पूरा नभएको भन्दै मन्त्री शर्माले त्यसका लागि निरन्तर लागि रहने प्रतिबद्धता गर्नुभयो ।

पार्टी र सरकार दुवै क्षेत्रबाट सहिद, सहिद परिवार, घाइते, अपांगहरुले देखेको सपना, कल्पना गरेको व्यवस्थाका लागि निरन्तर लागिरहेको र त्यो प्राप्तीको अभियानमा लाम्बद्ध रहेको नवनियुक्त मन्त्री शर्माको भनाई छ । मन्त्री शर्माले सपथ ग्रहण लगत्तै पदवहालीका लागि मन्त्रालय प्रवेश गर्नु पूर्व नै सहिदका फोटोमा माल्यार्पन गर्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update