Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा बजारको पार्किङ व्यवस्थापन कसरी हुँदै छ ?

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ व्यवस्थापनका लागि सडक छेउछाउमा राखिएका निर्माण सामग्री तथा व्यापारिक सामान पनि हटाउन थालिएको छ । गत मङ्गलवार यातायात व्यवसायी, मुसिकोट नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले सेरिगाउँदखि मठसम्म पार्किङ व्यवस्थापन गर्न विभिन्न निर्णय गरेका थिए ।

सोही निर्णय बमोजिम बुधवारदेखि मुसिकोट नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीले बजार क्षेत्रमा हुने अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न तीव्रता दिएका छन् । यस अघि बागबजार, त्रिवेणी चोक, मठ लगायतका ठाउँमा अव्यवस्थित पार्किङले सडक अस्तव्यस्त हुने गरेकामा गत मङ्गलवार बजार क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने निर्णय भएसँगै निर्णय कार्यान्वयन गरेपछि सडक खुला देखिएको छ भने सडक क्षेत्रमा पार्किङ गर्न दिएको छैन । तोकिएको स्थानमा पार्किङ गर्न सुझाव दिएको छ ।

 सडक मिचेर सडक छेउमा सञ्चालन गरेका पसल व्यवसायले पनि सडक अस्तव्यस्त भएकाले त्यस्ता खालका पल व्यवसायले हटाएर सडक खुला बनाइएको मुसिकोट नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बागबजार, त्रिवेणी चोक, खलङ्गा बजार लगायतका स्थानमा सडक मिचेर सडक छेउमा राखिएका निर्माण सामग्री तथा अन्य व्यापारिक सामान हटाउन लगाएको छ भने माइकिङ गरेर समेत बजारवासीलाई सबैलाई जानकारी बनाएको छ ।

तोकिएको स्थानमा सवारी साधन पार्किङ नगरी अटेरी गर्नेलाई जरिवाना गरिने नगर प्रहरी सहायक निरीक्षक केसीले बताउनुभयो । सडक क्षेत्र मिची व्यापारिक तथा निर्माण सामग्री राखेको पाएमा ती सामान उठाइने समेत नगरपालिकाले चेतावनी दिएको छ । फोहर लगायत अन्य सामाग्री सडक छेउछाउमा राखेको पाइएमा मुसिकोट नगरपालिकाको फोहर मैला कार्यविधि २०७७  बमोजिम कारबाही हुने नगरपालिकाले चेतावनी दिएको छ ।

बजार क्षेत्रमा अव्यवस्थित पार्किङ हुँदा विद्यार्थी, बालबालिका तथा सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम हुने गरेको थियो ।

 474048858_2390942251238984_8284086522531326354_n-1737116857.jpg

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update