कखरा साहित्य
कतिवा: एक मनुष्य ...
एक जुनी
एक बार
एक दिन
चुम्न ती
प्रगति पथ
बेचैनी मनमा
अथक
प्रयास अनि
घोत्तक ती रथ
पूर्व को दियो
नबल्दै,
टुकी लिई
एक सुर
एक जोर
थाङ्ला
एक छाता
एक मुठी
लिई
एक यात्री
हिँडेको हो
मिर्मिरेमा
उज्यालो नहुँदै
उ बग्दै छ
न जमि
न रोक्की
उ लम्कँदै
छ
हजारौँ माइल
पार गर्दै
भेट्न बुद्ध
खोज्न
राजर्षि जनक
र गान्धी को
यात्रामा तत्पर
हुन
सुकी को
कठोरता बन्न
बिपी को
समाज हेर्न
अनौठा परिदृश्य
अलौकिक
चित्रणको
भोगाइ
व्यथा दुःख
गरिबिको
लडाइँ तर
पनि मनमा
संकल्प
सजिवन
सुशोभित
समृद्धको
अपेक्षा
त्यो सपना
यसरी
त्यसरी
पारिला घाम
कठ्याङ्ग्रिएको
एक धुर
शरीर लिएर
यात्रा पार गर्दै
छ एक मनुष्य ।
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ ०९:११
प्रतिक्रिया दिनुहोस्