कखरा साहित्य
गजल: बिन्ती छ विदेश जाने समस्यालाई गरिदिनु न समाधान
पैसा पुगेन परदेसिनु पर्ने अरे युवा जवान
मिठो भएन नेपाली विदेशकै खाने अरे धान
आफू एउटा ढुङ्गा उचाल्न तयार हुँदैनन्
अझ नेताले गर्दा कहिले भएन रे बिहान
नेपाली को सिप क्षमता सम्मान गरिँदैन
विदेशबाटै ल्याउने अरे क्वालिटीको सामान
हुन त कमजोरी नेताको पनि छ जो आवश्यकता बुझ्दैनन्
साइकल हिँड्ने बाटो छैन ल्याउनु पर्ने रे हवाई यान
आज छोरो प्लस टु पढ्दै छ जागिर खान्छ बाबाले सोच्नु हुन्छ
तर छोराको अमेरिका जापान तिर पो छ त ध्यान
धेरै त केही भन्दिन यौटा कुरा माग्छु
बिन्ती छ विदेश जाने समस्यालाई गरिदिनु न समाधान
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ ०९:३४
प्रतिक्रिया दिनुहोस्