Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारी रुकुम पश्चिमको सम्मेलन फागुन १ र २ मा, किरणको संयोजकत्वमा आयोजक समिति  
जिल्ला सम्मेलन आयाेजक समिति संयाेजक किरण विश्वकर्मा ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रुकुम पश्चिमको २८ औँ जिल्ला सम्मेलन फागुन १ र २ गते हुने भएको छ । शुक्रवार जिल्ला अध्यक्ष नीराजन केसीको अध्यक्षतामा बसेको जिल्ला समितिको छैटौँ बैठकले जिल्ला सम्मेलनको मिति तय गर्दै आयोजक समिति निर्माण गरेको छ । 

बैठकले किरण विश्वकर्माको संयोजकत्वमा ४५ सदस्यीय २८ औँ जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको हो । आयोजक सम्मेलन समितिले सम्मेलन सफलताको लागि विभिन्न विभागहरू समेत निर्माण गरेको छ । जसअनुसार प्रतिवेदन लेखन किरण विश्वकर्मा, आर्थिक विभाग दुर्गाप्रसाद विक, प्रतिनिधि व्यवस्थापन विभाग दीपेन्द्र ओली, स्वयंसेवक विभाग प्रकाश डाँगी, प्रचार प्रसार विभाग दीपक डाँगी, सांस्कृतिक विभाग पूजा विश्वकर्मा र हल व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी सुशान्त विश्वकर्मालाई दिइएको छ ।

यसका साथै बैठकले आगामी फाल्गुन १५ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरी जिल्लामा रहेका क्याम्पस समितिलाई थप सक्रिय बनाउने र नियमित गतिविधि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकमा सङ्गठनका निवर्तमान केन्द्रीय सचिव तुल देवकोटा, रुकुम पश्चिमका जिल्ला इन्चार्ज सुशील विष्ट, सङ्गठनका कर्णाली प्रदेश प्रमुख सचिव नारायण केसी, निवर्तमान केन्द्रीय सदस्यहरू विशाल विष्ट, खुमराज ओली र रमेश लामिछानेका साथै प्रदेश सदस्य टेकराज रसाइलीको उपस्थिति रहेको थियो ।।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update