कखरा साहित्य
गजलः मन भारी बनाउँदै देश छोड्नुपर्यो
भूकम्प गयो, बाढी पहिरो गयो, उद्धार भएन ।
किन हाम्रो दुःख बुझ्ने सरकार भएन ।
गाउँ गाउँमा सिंहदरबार तिम्रा मात्र चुलिए ।
हाम्रो त विपत्तिले घरबार भएन ।
डाक्टर र औषधि बिनाको अस्पताल छ कर्णालीमा ।
सिटामोल नपाई मर्छन् बिरामी उपचार भएन ।
उसले टेबुल बजारेरै लाखौं कमाउँछ रे ।
मैले पाखुरा बजार्दा पनि हजार भएन ।
अन्तिममा मन भारी बनाउँदै देश छोड्नुपर्यो ।
आधा उमेर देशमै बिताए रोजगार भएन ।
सानीभेरी गाउँपालिका ११, रुकुम पश्चिम
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ १३:२१
प्रतिक्रिया दिनुहोस्