रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव ८ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्ला भर आर्थिक वर्ष २०७८/०७९ मा ६ दशमलव ७ मेट्रिकटन मह उत्पादन हुँदा आर्थिक वर्ष २०७९/०८० मा अघिल्लो आर्थिक वर्षको भन्दा महको उत्पादन घटेर ६ मेट्रिकटन तथा गत आर्थिक वर्ष २०८०/०८१ मा भने महको उत्पादन दोब्बरले बढेर १२ दशमलव १ मेट्रिकटन मह उत्पादन भएको एकिकृत कृषि तथा पुशपंक्षी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको भने किसानहरुले मह निकाल्ने क्रम जारी छ । चालु आर्थिक वर्षको मह उत्पादनको विवरण प्राप्त नभएको प्रमुख पौडेलले जानकारी दिनुभभयो । जिल्लामा किसानले प्रति धार्नी मह (दुई दशमलव ५ केजी) लाई तीन हजार रुपैयाँमा विक्रि गर्दै आएका छन् ।
मह विक्रिबाट जिल्लामा कति रकम भित्रियो ?
रुकुम पूर्वमा तीन आर्थिक वर्षमा मह बिक्रिबाट मात्रै किसानले २ करोड २५ लाख २४ हजार रुपैयाँ आम्दानी गरेका छन् । जिल्लामा व्यवसायिक माहुरी पालन गर्ने किसानले २ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । एकिकृत कृषि तथा पुशपंक्षी विकास कार्यालय रुकुम पुर्वका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६ दशमलव ७ मेट्रिकटनबाट ८० लाख ४० हजार रुपैयाँ आम्दानी गरेका थिए । भने आर्थिक वर्ष २०७९/०८० मा महको उत्पादन घटरे ६ मेट्रिकटन उत्पादन हुँदा ७२ लाख रुपैयाँ किसानले आम्दानी गरेका थिए ।
गत वर्ष भने मह उत्पादन दोब्बरले उत्पादन भएर १२ दशमलव १ मेट्रिकटन मह उत्पादन हुँदा १ करोड ४५ लाख २० हजार रकम जिल्लामा भित्रिएको थियो । चालु आर्थिक वर्षको भने मह उत्पादनको विवरण आइसकेको छैन् । विवरण प्राप्त नभएपनि यस वर्ष किसानले मह उत्पादनमा कमी आएको गुनासो गरिरहेकाले मह उत्पादनमा कमी हुनसकने कार्र्यालले अनुमान गरेको छ ।
जिल्लाभर चार हजार तीन सय ८० मौरी घारबाट मह उत्पादन
जिल्लाभर कृषकले चार हजार तीन सय ८० घारमा मह उत्पादन गरिरहेका छन् । ब्यवसायिक माहुरी पानल गर्ने कृषकले एक सयदेखि एक सय ५० घारमा माहुरी पालन गर्दै आएका छन् । जिल्लाभर आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ४ सय ८० घारबाट मह उत्पादन भएको थियो । भने आर्थिक वर्ष २०७९/०८० मा मह उत्पादन हुने घारको संख्या घटेर एक हजार २ सयमा मात्र मह उत्पादन भएको थियो ।
गत आर्थिक वर्षमा भने घारको संख्या बढेर १ हजार सात सय पुगेको थियो । मह उत्पादन पनि सोही मात्रामा बढेर १२ दशमलव १ मेट्रिकटन उत्पदान भएको थियो । यस वर्षभने मह उत्पादनको विवरण तथा घारको संख्याको विवरण प्राप्त हुन बाँकी रहेको कृषि तथा पशुपंक्षी विकास कार्यालयका रुकुम पुर्वले जनाएकाे छ ।