गोरेटो बाटो निर्माण हुँदै
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ वटा गोरेटा बाटा निर्माणको काम भइरहेको छ । १३ लाख १६ हजार ३ सय रुपैयाँमा गोरेटो बाटा निर्माण गर्न लागिएको हो । वडाको मैदान देखी सिस्ने पनेरा सम्मको ३ किलोमिटर बाटो ७ लाख रुपैयाँमा निर्माण हुन लागेको छ ।
त्यस्तै वडाको थोते गौडा देखी सिस्ने पनेरा सम्मको १ किलोमिटर गोरेटो बाटो ६ लाख १६ हजार ३ सय रुपैयाँमा निर्माण गर्न लागिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आएको उक्त बजेटमा वडाका ९० घर परिवारले बाटो निर्माणको काम गरिरहेका छन । असार मसान्त अघि नै योजना सम्पन्न गर्ने गरी काम भइरहेको हो ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८ १४:१५
प्रतिक्रिया दिनुहोस्