रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीगोला सहितका घार वितरण गर्ने भएको छ । नगरभित्र रहेका ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई मौरीगोला सहितका घार वितरण गर्ने भएको छ । मुसिकोट नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ को स्विकृत कार्यक्रम अन्तरर्गत ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुलाई मौरीगाेला सहितका घार वितरण गर्न लागिएकाे हाे ।
यसका लागि ५० प्रतिशत अनुदानमा मौरी सहितका घार माग गर्न सूचना मार्फत जानकारी बनाएको मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्गता भएका ब्यक्तिहरुले माघ ९ गते भित्र मुसिकोट नगरपालिकाको कृषि विकास कार्यालयमा आवश्यक कागजात सहित आवेदन दिन भनिएको छ ।
आवेदन दिँदा निवेदन, व्यक्तिको हकमा नागरिकताको प्रतिलिपि, अपाङ्ता परिचय पत्रको (‘ग’ र ‘घ’) प्रतिलिपि, यस भन्दा अगाडि मौरीघार अनुदानमा नलिएको स्वघोषणा सहित माग गर्नुपर्ने छ । निवेदन नगरपालिकाको कृषि विकास शाखा, सामुदायिक कृषि प्रसार सेवा केन्द्र छिवाङ चौतारा र नजिकको वडा कार्यालयमा बुझाउन सकिने मुसिकोट नगरपालिकाले जनाएको छ ।