रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको २० औँ नगर सभा सम्पन्न भएको छ । सोमबार भएको २० औँ नगर सभा विभिन्न निर्णय गर्दै आजै सम्पन्न भएको हो । नगर सभाबाट महत्त्वपूर्ण विषयहरूमा निर्णय भएको चौरजहारी नगर प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगर सभाले नगरभित्रका केही योजनाको बजेट तथा कार्यक्रम संशोधन, अर्धवार्षिक कार्य प्रगति समीक्षा, नगरपालिका भित्र निःशुल्क एम्बुलेन्स सेवा तथा पोस्टमार्टमका लागि निःशुल्क शव वाहन सेवा उपलब्ध बनाउने निर्णय गरेको छ । त्यस्तै भूकम्प प्रभावितका आवास पुनर्निर्माण क्रममा नक्सा पासमा ५० प्रतिशत छुट गर्ने पनि नगर सभाले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
साथै २० औँ नगर सभाको अवसरमा नगरपालिकालाई जग्गा उपलब्ध बनाउने ब्यक्ती तथा अग्रज लोक स्रष्टाहरूलाई दोसल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान गरिएको चौरजहारी नगरपालिको जनाएको छ ।