Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्यानको किमीचाैर रिपिटर टावर मुनि ग्रिनेड बम फेला
फेला परेकाे बम ।

सल्यानको एक रिपिटर टावरको मुनि एउटा ग्रिनेड बम फेला परेको छ । कपुरकोट गाउँपालिका – ४ किमीचौरस्थित रिपिटर टावरको मुनि ग्रिनेड बम फेला परेको हो ।

झाडी सरसफाइमा गएका स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार बेलुकीपख ग्रिनेड फेला परेपछि डिस्पोजका लागि नेपाल आर्मीलाई आग्रह गरिएको थियो ।

भौगोलिक रूपमा दाङसँग सिमाना जोडिएको कपुरकोटको दुरी टाढा भएका कारण आर्मीले मंगलबार नभ्याउने भएपछि बुधबार मात्रै त्यो डिस्पोज गरिने भएको छ । 

डिएसपी न्यौपानेका अनुसार घटनास्थल प्रहरीले आर्मी नपुग्दासम्म सुरक्षा दिएर राख्नेछ ।

द्वन्द्वकालमा नेपाल आर्मीसहितको संयुक्त सुरक्षा फौजले रिपिटर टावरहरूको सुरक्षा दिने गर्दथ्यो । त्यही क्रममा त्यो ग्रिनेड छुटेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update