Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम र जाजरकोटमा संयुक्त पुनर्लाभ परियोजना (फोटो फिचर)

रुकुम पश्चिम र जाजरकोटमा गत वर्षको कार्तिक १७ गते गएको भूकम्पले पुर्‍याएको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन । भूकम्प प्रभावितहरू अहिले पनि टहराको बासमा छन् । सरकारका कारण पुनर्निर्माणमा ढिलाइ भइरहेको छ । कतिपय भूकम्प प्रभावितले त अझै पनि अस्थायी आवासकै लागि पहिलो किस्ता पाउन नसकिरहेको अवस्थामा दोस्रो किस्ता समेत पूर्ण छैन । भूकम्प प्रभावितहरू पुनर्निर्माणको पर्खाइमा रहेका छन् । 

यद्यपि विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा नमुना घर निर्माण लगायतका काम भइरहेका छन् । ९ महिना देखि सञ्चालनमा रहेको संयुक्त पुनर्लाभ परियोजना अन्तर्गत नमुना घर निर्माण सहित विभिन्न गतिविधिहरू भएका छन् । बेलायत सरकारको सहयोगमा आइओएम सहितका ५ वटा संयुक्त राष्ट्र सङ्घीय निकाय तथा तिनका साझेदार संस्थाहरू मार्फत सञ्चालित संयुक्त पुनर्लाभ परियोजना अन्तर्गत २६ वटा घरहरू निर्माण गरिएको छ । रुकुम पश्चिममा १४ र जाजरकोटमा १२ वटा घरहरू निर्माण गरिएको हो । 

यो परियोजना अन्तर्गत घर निर्माण बाहेक डकर्मी तालिम, यौन शोषण तथा दुर्व्यवहार विरुद्धको सडक नाटक प्रदर्शन, स्थानीय तहका प्राविधिकका लागि भवन संहिता, सुरक्षित आवास सम्बन्धी तालिम प्रदान, मोबाइल भ्यान तथा रेडियो र टेलिभिजनबाट सचेतना फैलाउने, स्थानीय तहलाई विपत् व्यवस्थापन सम्बन्धी नीति निर्माणमा सहयोग लगायतका काम समेत भएका बताइएको छ ।

९ महिने यो परियोजना यही जनवरी अन्तिमबाट सकिने छ । परियोजना मार्फत भएका गतिविधि तथा सिकाइबारे जानकारी गराउन रुकुम पश्चिमको मुसिकोट खलङ्गामा आइओएमले जिल्ला स्तरीय सिकाई कार्यशाला आयोजना गरियो । उक्त कार्यक्रमको अवसरमा परियोजना अन्तर्गत भएका गतिविधि झल्किने फोटो प्रदर्शन समेत गरिएको थियो । संयुक्त पुनर्लाभ परियोजना अन्तर्गत भएका काम फोटोमा हेर्नुहोस् ।

namuna-ghar-(1)-1737529543.jpeg

namuna-ghar-(9)-1737529533.jpeg

namuna-ghar-(17)-1737529542.jpeg

namuna-ghar-(12)-1737529537.jpeg

namuna-ghar-(10)-1737529536.jpeg

namuna-ghar-(4)-1737529528.jpeg

namuna-ghar-(3)-1737529525.jpeg

namuna-ghar-(7)-1737529530.jpeg

namuna-ghar-(5)-1737529528.jpeg

namuna-ghar-(8)-1737529534.jpeg

namuna-ghar-(11)-1737529536.jpeg

namuna-ghar-(14)-1737529539.jpeg

namuna-ghar-(13)-1737529538.jpeg

namuna-ghar-(2)-1737529524.jpeg

namuna-ghar-(16)-1737529542.jpeg

namuna-ghar-(15)-1737529540.jpeg

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update