जाजरकोटको बारेकोट गाउँपालिका–७, स्यालामा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माघ ९ गते राति करिब १० बजे बालिकालाई धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको थियो । हत्या गरी शव घाँस राख्ने टहरामा लुकाइएको थियो ।
प्रहरीले माघ १० गते बिहान ५ बजे बालकलाई बारेकोट– ६, ताँसीस्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । बालकलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी दिनेश तिमिल्सिनाले जानकारी दिनुभयाे ।
घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (चक्कु) बरामद गरिएको तिमिल्सिनाले बताउनुभयाे । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान सकिएको छ । अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ।