कप्तान पुजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । शुक्रवार भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान पुजाले नट आउट रहँदै सर्वाधिक २३ रन जोडिन् । मलेसियाका लागि मार्साले ३ विकेट लिईन् । त्यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुँदै ४५ रन मात्र जोड्न सक्यो ।
मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान पूजाले ४, रचना चौधरीले ३ , रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिए । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।
नेपालले डेब्यु विश्व कपमा जितका साथ समाप्त गरेको छ । अर्को संस्करणको विश्व कप २०२७ मा नेपालले आयोजना गर्दै छ । विश्व कपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशसँग हार बेहोरेको थियो ।