Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा स्वैच्छिक सहयोग जुट्दै
स्वैच्छिक सहयोगका लागि गरिएको आह्वान ।

रुकुम पूर्वमा नयाँ भेरियन्ट सहितको कोरोना महामारी रोकथाम, तथा उपचारमा स्वैच्छिक सहयोग संकलन थालिएको छ । वैशाख २५ गते जिल्ला समन्वय समितिमा बसेको बैठकमा भएको निर्णयानुसार व्यक्तिगत रुपमा सहयोग गर्नेहरु जुट्दै गएका छन् ।

जिल्ला विपद् व्यवस्थापन कोष मार्फत खर्च हुनेगरी उक्त रकम जम्मा भइरहेको हो । जिल्ला समन्वय समितिका पदाधिकारी तथा कर्मचारीले स्वैच्छिक सहयोग गरेका छन् । जिल्ला समन्वय समितिबाट मात्रै ३७ हजार रुपैयाँ संकलन भएको समन्वय समितिकी सूचना अधिकारी विमला रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले १०, उपप्रमुख भीमकुमारी पुन मगरले ५, जिल्ला समन्वय अधिकारी अन्जनकुमार मिश्रले ५ शाखा अधिकृत विमला रोकाले ५ हजार नगद सहयोग गर्नुभएको छ । यसैगरी नायव सुब्बा जसिराम खड्काले ५, कार्यक्रम सहजकर्ता लिलामणि गौतमले ५ र  खरिदार अनिता देवकोटा २ हजार गरी समन्वय समितिबाट मात्रै ३७ हजार रुपैयाँ संकलन भएको छ ।

यसको साथै भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले ५ हजार सहयोग गर्नुभएको छ । समन्वय समितिले एक सूचना जारी गरी सकेको सहयोग गर्न सम्पूर्णमा अनुरोध समेत गरेको छ । कोरोना महामारी बढ्दै गएका बेला आवश्यक स्वास्थ्य सामग्र खरिद तथा अन्य व्यवस्थापमा उक्त पैसा खर्च गर्ने निर्णय छ । 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update