खतरा छ हरेक ठाउँमा धुलो लाग्न सक्छ।
यो मुटु भित्रको गाउँमा धुलो लाग्न सक्छ।
जानै चाहन्छौ त यो छाती भएर जाऊ प्रिया
तिम्रा कोमल पाउमा धुलो लाग्न सक्छ।
सङ्गै बाचा कसम खाएको त्यो जून।
प्रिया रुँदै रातहरू कटाएको त्यो जून।
मलाई तिम्रै यादले सताउँछ अझैँ पनि
देख्छु जब आकाशमा उदाएको त्यो जून।
भन्थ्यौ यो नसा- नसामा छौ भ्रममा रहेछु।
मलाई त बुझ्नै भयो धौधौ भ्रममा रहेछु।
तिम्रै लागि बुढा बा- आमा छोडेर हिँडेकी म
लाग्यो तिमी नै मेरो सब थोक हौ भ्रममा रहेछु।
ख्याल ख्याल मै छुट्टियौँ थाहै भएन।
कसले कसलाई धोका दियौँ थाहै भएन।
दोष मात्र एक अर्कालाई दिनु दिएका हौँ
हामी कस्तो अवस्थामा थियौँ थाहै भएन।
मनको साइनो तोडेर पागल भएको हुँ।
अन्तै साइनो जोडेर पागल भएको हुँ।
हिजो बा-आमाले छोड्दा अनाथ भए,
आज तिमीले छोडेर पागल भएको हुँ।
कमलराज विष्ट मगर
बाँफिकोट गाउँपालिका १० गाराबाङ, (पश्चिम)रुकुम