Kakhara सबैको खबर सम्पूर्ण खबर
कमल विश्वकर्माका प्रेमिल मुक्तक

मर्दै  गए  जिउने  आधार तिमी छुटेपछि 
हुने थिएनन् सपना साकार तिमी छुटेपछि 
नचाहेर पनि बाँचेको छु म त तिम्रो कारण,
मर्ने प्रयास गरियो बारम्बार तिमी छुटेपछि !!

........

सोचेको  थिएन जिन्दगानी  तिमीबिना
अति राम्रो बन्यो प्रेम कहानी तिमिबिना
अधुरै रह्यौँ  अपुरै रह्यौँ  आखिर हामी ,
बन्न सकिएन म राजा रानी तिमीबिना !!

......

भएको छ मेरो हार तिम्रो जित खुसी हुनु
रहे आखिर सम्झनामै सीमित खुसी हुनु
मलाइ गुमाएको  बदलामा  तिमीले  त,
पाएकी छौ नि चाहेको अमृत  खुसी हुनु !!

.........

नगरी दायाँबायाँ छुट्न पर्छ
हुन त घाम छाया छुट्न पर्छ
मरिहत्ते गर्दिन कसैको लागि,
जति गरे पनि माया छुट्न पर्छ !

..........

तिम्रो प्रेम चिनो हात काटेर गल्ती गरे
आफन्तसँग तिमिलाई साटेर गल्ती गरे 
बा- आमाले  कोही  छ  भन्ने प्रश्न गर्दा,
मैले  छिन  प्रेमी  भनी ढाँटेर  गल्ती गरे !

कमल विश्वकर्मा साहित्य मन
बाँफिकोट १ रुकुम पश्चिम
हाल बिरानो मुलुक परदेश

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update