नेपाल प्रहरीका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले ३७ जना प्रहरी नायब उपरीक्षकहरूलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो । अख्तियर दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल प्रहरी महाशाखामा कार्यरत डीएसपी कुलदिप चन्द एसपीका लागि एक नम्बरमा बढुवा सिफारिस भएका छन् ।
यस्तै, दोस्रो नम्बरमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपामा कार्यरत डीएसपी सुमित खड्का, तेस्रोमा काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा कार्यरत ठाकुरप्रसाद पोखरेल, चौथो नम्बरमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज प्रशासनमा कार्यरत मनोहरप्रसाद भट्ट र पाँचौँ नम्बरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अपराध अनुसन्धान तथा अभियोजन शाखामा कार्यरत डीएसपी दिपक गिरी परेका छन् ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा कार्यरत तिलक भारती र जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपक श्रेष्ठ पनि एसपीमा बढुवा सिफारिस भएका छन् ।
बढुवा हुनेहरूकाे शुचि