समाजमा पपुलर हुन या त सबैले चिनिनका लागि कि त समाजसेवी हुनुपर्यो कि त कलाकार हुनुपर्यो । कि त कुनै कार्यालयको हाकिम हुनुपर्यो। कि त नेता हुनुपर्यो। यस्तै यस्तै केही न केही त हुन नै पर्यो। त्यत्तिकै आम मान्छेलाई समाजले चिन्दैन तर पपुलरलाई पनि सबै समाजले चिन्दो रहेनछ ।
कुरा २०८१ मङ्सिर ६ गते बिहानको हो एक जना कर्णाली प्रदेश सांसद भीम प्रकाश शर्मा। हाम्रो गाउँ मा नागरिकसँग भेटघाट गर्नका लागि आउनुभएको रहेछ। कहीँनिर करिब ५० भन्दा माथिका बुवाहरू आगो तापेर करिब १०, १५ जना बसिरहनुभएको थियो। त्यही हुलमा बिस्तारै बिस्तारै सांसद भीमप्रकाश शर्मा त्यहाँ पुग्नुभयो। चिनाजानी दुःख सुख साट्नलाई होला सायद उहाँले नमस्कार सबै जनालाई भन्दै अलि नजिक पुग्नुभयो ।
सबै सबैले नमस्कार फर्काउनुभयो । म पनि त्यही उभिएको थिएँ। त्यहाँ बसेका सबै जना मध्य एक जनाले चाहिँ सोध्नुभयो उहाँको हुनुहुन्छ। त्यसपछि सबैले भन्नुभयो उहाँ त हाम्रो सांसद गुलाबजंग शाह हुनुहुन्छ भनेर यो सुन्ने बित्तिकै उहाँ र म अलमल्ल पर्यौँ । त्यही बिचमा एक जना हाम्रो आफन्ति टाढाको हुनुहुन्थ्यो उहाँले भन्नुभयो उहाँ त गुलाबजंग शाह होइन । किन हुनुहुन्न उहाँ त गुलाबजंग शाह नै हो भन्ने जवाफ आयो ।
त्यसपछि म नबोलौँ नबोलौँ भन्दाभन्दै बोल्नुपर्ने भयो किनकि सांसद भीमप्रकाश शर्मा को अनुहार मलिन भएको थियो । आफूलाई भोट हालेका आफ्नै नागरिकले आफूलाई नचिन्दा त्यसैले मैले उहाँलाई भने तपाईँलाई त गुलाबजग शाह भन्छन्। तपाईँ को हो आफ्नो परिचय नागरिकलाई दिनुपर्यो । भनेपछि मिठो र मसिनो स्वरले शान्त स्वभावले उहाँले आफ्नो परिचय दिनुभयो। म तपाईँहरूले नै भोट हालेर जिताएको सांसद भीम प्रकाश शर्मा हुँ भने ।
त्यसपछि त्यहाँ बसेका मानिसहरूबाट पनि कुनै जवाफ आएन । कामले हो कि नामले चिर परिचित गुलाबजंग शाह नै हुनुहुँदो रहेछ भन्ने मलाई लाग्यो। गुलाबजंग शाह योभन्दा अगाडि कर्णाली प्रदेश सांसद हुनुहुन्थ्यो । सांसद भीमप्रकाश शर्मा पनि । पटक पटक उम्मेदवार भएका सांसद हुन्। तर पनि सबै नागरिकले उहाँलाई नचिन्नु र आफूलाई नचिनाउनुमा चुक्नुभएको जस्तो लाग्यो। उहाँ एक चोटि भूमि सम्बन्धी मन्त्री पनि हुनुभयो ।
सायद मैले तपाईँलाई त नागरिकले चिन्ने रहेनछन् त आफ्नो परिचय दिनुहोस्। तपाईँ को हुनुहुन्छ भनेको उहाँको मनमा बेसरी बिझ्यो होला त्यही भएर उहाँले मलाई पटक पटक फर्केर हेरिरहनुभयो ।
दिवाकर शर्मा
बनगाड कुपिण्डे २ सल्यान