
रुकुम पश्चिममा एक जोडी मृत फेला परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ खुम्चेरीका एक नव विवाहित जोडी मृत फेला परेका हुन् । उनीहरू आफ्नै घरको एउटै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । १९ वर्षीय लोकेन्द्र खड्का र १९ बर्सिया सपना पुन रहेको बताइएको छ । सपना त्रिवेणी ६ कि हुन् ।
केटा झुन्डिएको अवस्थामा फेला परेका छन् । तर केटी भने नझुन्डिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धान चलिरहेको छ । अहिले दुवैको शव घटनास्थलमै रहेको छ ।
शवलाई चलाइएको छैन । मृतकका अभिभावक जिल्ला बाहिर रहेको र आएपछि मात्र शव निकाल्ने तथा थप अनुसन्धान हुने डिएसपी विष्टको भनाइ छ । उनीहरूको के कारणले मृत्यु भयो भन्ने बारे पोस्टमार्टम पछि मात्र थाहा हुने उहाँको भनाइ छ । अहिले प्रहरीले घटनास्थलको सुरक्षा दिइरहेको छ ।
उनीहरूले केही दिन अघि मात्र विवाह गरेको स्थानीयले बताएका छन् । केटाका आमा बुवा उपचारका लागि नेपालगन्ज रहेको पूर्व वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताउनुभयो ।