Kakhara सबैको खबर सम्पूर्ण खबर
बाल्यकालको सम्झना

रुकुमको एक समयलाई सम्झन मन लाग्यो त्यो याद सँगालेर लेखे ! म त्यस्तै १३/१४ वर्षको थिए होला कता कति युद्ध काल भनेको सुन्थे तर त्यसको अर्थ भने बुझेको थिएन ! त्यति बेला हामी त्यस्तो जिल्लाका नागरिक थियौँ जहाँ दिन रात डर त्रासमा बाचिन्थ्यो ! झमक्क साँझ पर्नै लाग्दा दिनहुँ कोही अपरिचित फरक-फरक व्यक्ति आएर नम्र स्वरमा भन्थे आमा, बुवा आज २ जनालाई बास पाइन्छ कि ? नै हुँदैन भन्न कहाँ सकिन्थ्यो र रातिमा आएको पाहुनालाई !

बास बसेर मिठो मसिनो नभए पनि मकैको रोटी नुन खोर्सानीले उहाँहरूको खाना पूरा हुन्थ्यो ! बिहान जाने बेलामा उहाँहरूले भनेको यो शब्द कहिल्यै बिर्सने छैन = भन्नुहुन्थ्यो बस्नु होला आमा हामी लाग्छौ अब बाँचियो भने फेरि भेटौला मरे त यत्तिकै.........मन भक्कानिन्थ्यो आशु झर्थे ।

अन्य कुनै समयमा साँझको खाना खाएर सुतिन्थ्यो मध्या रातिको त्यस्तै १/२ बजेको समय होला निदाइरहेको कानमा बम बारुदको आवाज गुन्जिन्थ्यो रातभरि निन्द्रा भङ्ग हुन्थ्यो ! उठेर बाहिर आएर हेर्दा टाढै भए नि रातो आगोका डल्लाहरू आकाश बाट जमिनमा बर्सन्थे अधेरी रातिको समय त्यहाँको जमिन राताम्य देखिन्थ्यो निन्द्रा ह्रास हुन्थ्यो ! शरीरमा काँडा उम्रन्थे !

त्यत्तिकैमा निदाए जस्तो गर्दैमा बिहानी हुन्थ्यो ! सिरानीमा थोत्रो परेको रेडियो को बटन खोलिन्थ्यो-कुन्नि कहाँ बाट हो समाचारको आवाज गुन्जिन्थ्यो रेडियोले भन्ने गर्थ्यो फलानो ठाउँमा यति मरे उति मरे ! कठै त्यो जमना त्यो समय ती दिन रातहरू ........!

जनक गौतम केसी, पश्चिम रुकुम सानीभेरी ६, हाल बिरानो देशबाट !

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update