Kakhara सबैको खबर सम्पूर्ण खबर
निजामती कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा धनविर केसी
नवनिर्वाचित कार्यसमिति लगायत ।

नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमको १२ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम खलंगामा भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अधिवेशनबाट धनविर केसीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्माण गरिएको छ । जसको खुला उपाध्यक्षमा भिम खत्री र महिला उपाध्यक्षमा हृदयकली पौडेल, सचिवमा सागर भुजेल, सह-सचिवमा तुलबिर बिक र कोषाध्यक्षमा कविराज केसी निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा मुना केसी, अस्मिता रावल, प्रेमा केसी, लक्ष्मी पुन, दिपेन्द्र ओली चयन हुनुभएको छ । त्यस्तै बिरेन्द्र बिष्ट, कृष्णमान केसी, यज्ञ थापा, महेन्द्र ओली, ललितजंग बुढामगर, गोरख केसी, राजेन्द्र केसी र भुवन चौधरी पनि सदस्यमा चयन हुनुभएको हो ।

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा मनोज केसी र कमला केसीलाई  छनौट गर्दा प्रदेश प्रतिनिधिमा सुरेन्द्र खत्री र देवी ओली चयन गरेको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार लेखा परिक्षण आयोगको संयोजकमा केदार शर्मा चयन हुँदा सदस्यहरुमा केशव केसी र महेश कठायत चयन हुनभएको छ । 

संगठनका निवर्तमान अध्यक्ष पुष्पराज ओलीको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा (एमाले) रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका  केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज जसविर खत्री, प्रदेश कमिटी सदस्यहरु कर्णबहादुर ओली, हरिप्रसाद शर्मा लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update