Kakhara सबैको खबर सम्पूर्ण खबर
विमलाको परिवारलाई कर्जा बिमा बापतको मृत्यु दाबी रकम भुक्तानी

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रुकुम पश्चिमले बिमा बापतको रकम हस्तान्तरण गरेको छ । आइतबार संस्थाले बाँफिकोट गाउँपालिका वडा नम्बर ३ निवासी विमला नाथ केसीलाई मृत्यु दाबी बापतको २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । 

लघुवित्त संस्थाबाट विमलाले बाख्रा पालन व्यवसायका लागि ५ लाख रुपैयाँ कर्जा लिनुभएको थियो । विमलाका श्रीमान् चिन्ताराम केसीको  गत साउन २३ गते रोजगारीको सिलसिलामा  मलेसियामा मृत्यु भएको थियो । 

कर्जा लिई व्यवसाय सञ्चालन गरिरहनु भएका सदस्यका श्रीमानको मृत्यु भएकाले बिमा बापको रकम उपलब्ध गराएको  विजय लघु वित्त वित्तीय संस्था शाखा प्रमुख रुद्र विकले जानकारी दिनुभयो । उक्त रकम सोही वडाका अध्यक्ष तिलवीर केसीको उपस्थितिमा हस्तान्तरण गरिएको  संस्थाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update