Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा कोरोना संक्रमण पुष्टि भएको केहि समयमै एक संक्रमितको मृत्यु

रुकुम पूर्वमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भूमे गाउँपालिका–९ चुनबाङका ३७ वर्षीय पुरुष रहेका छन् । तीन दिन अगाडि काठमाडाैंबाट आएका पुरुषमा कोरोनाका लक्षण देखिएपछि आज दिउँसो स्वास्थ्य चौकी चुनबाङमा एन्टीजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको वडाध्यक्ष प्रवेश पुन मगरले जानकारी दिनुभयो । कोरोना पुष्टि भएको केही समयपछि उनको मृत्यु भएको वडाध्यक्ष पुनले बताउनुभयो । शव व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय संग छलफल भइरहेको वडा कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update