नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) जाजरकोट नलगाड नगरपालिकाको तेस्रो नगर अधिवेशन हुने भएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नलगाड नगर कार्यसमितिको माघ १२ गते बसेको अधिवेशन तयारी बैठकले "प्रभावकारी जनसेवा र पेसागत अधिकार सुनिश्चितताको लागि नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, सुशासन, समृद्धि र समाजवाद निर्माणको अभियानमा कर्मचारी परिचालन" भन्ने मूल नाराका साथ माघ १६ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
नलगाड नगरपालिकाको सभा हलमा अधिवेशन आयोजना गरिएको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन अधिवेशन आयोजक समितिका संयोजक शशिराम ओलीले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन प्रति आस्था र बिचार राख्ने तथा सङ्गठनमा आबद्ध नलगाड नगरपालिका अन्तर्गत विभिन्न कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरू, स्वास्थ्यकर्मी सङ्गठन, शिक्षक सङ्गठन, शिक्षक महासंघ नगर कार्यसमिति, जाजरकोट जिल्ला कार्य समिति, कर्णाली प्रदेश कमिटी र केन्द्रीय कार्य समिति, प्रेस सेन्टर नेपाल, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नलगाड नगर कमिटी देखी केन्द्रीय कमिटीका शीर्ष नेतृत्व एवं प्रतिनिधिहरूलाई उपस्थितिको लागी आमन्त्रित गरिएको समेत संयोजक ओलीले बताउनुभयो ।
अधिवेशनले सङ्गठनको नयाँ नगर समिति गठन गर्ने बताइएको छ ।