Kakhara सबैको खबर सम्पूर्ण खबर
साँखमा केटी केटीकै बिचमा 'पापिनी विवाह' (फोटो फिचर)

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा परम्परागत रूपमा लाग्दै आएको पापिनी मेला अन्तर्गत विवाह सम्पन्न भएको छ । गए राती दुई गाउँका किशोरीका बिचमा विवाह सम्पन्न भएको हो । साँख गाउँको बिचमा दह छ । यही तल पट्टीको गाउँलाई तलिगाउँ र माथि पट्टीको गाउँलाई माथि गाउँ भनिन्छ । यिनै तलिगाउँ र माथि गाउँका किशोरीका बिचमा हरेक वर्ष सबै रित पुर्‍याएर विवाह गरिदिने प्रचलन रहेको छ । यो विवाहलाई पापिनी विवाह भन्ने गरिन्छ । यो वर्ष तलिगाउँमा बेहुली भित्र्याइएको छ । अघिल्लो वर्ष तलिगाउँबाट माथि गाउँ बेहुली लगिएको थियो । यो क्रम हरेक वर्ष पालो पालो सञ्चालन हुने गरेको छ ।

papini-bibah-(14)-1738118245.jpg
बेहुला बेहुली दुवै किशोरी हुन्छन् । किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रित अनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रित अनुसार छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ । १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजा सहित धूमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ । हिजो साँझ तलिगाउँबाट जन्ती सहित गएका दुलाहा पक्षले माथि गाउँबाट दुलही ल्याएर तलिगाउँ आएका थिए ।

papini-bibah-(16)-1738118253.jpg
विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ । दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसीयालीका रूपमा यो नाच उनै पापिनीहरुले नाच्छन् । लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ । पापिनी मेलाको प्रमुख आकर्षण मध्येको एक यो नाच पनि हो । 

papini-bibah-(13)-1738118243.jpg
साँखमा मानव बस्ती सुरु भएदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रही आएको स्थानीय अगुवाहरू बताउँछन् । हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ । ‘पापिनी’ हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ ।’ यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ । ‘गाउँको चालचलन धान्ने कन्या पापिनी हुनुपरेको छ, यो उहिलेकै चलन हो,’ स्थानीय अगुवा पूर्णबहादुर बुढाले भन्नुभयो ।’

papini-bibah-(15)-1738118248.jpg
‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । माथि गाउँका पूर्णबहादुर बुढाले वर्षौँदेखि यसको अगुवाइ गर्दै आउनुभएको छ । हरेक राती तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन् । आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताउनुभयो । हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन् । १४ गते माग्ने काम सकिएपछि उनीहरू १५ गते बिहेमा सहभागी हुने बुढाको भनाई छ । 

papini-bibah-(6)-1738118229.jpgगए राति विवाह सम्पन्न भएसँगै आज साँख दहमा मेला लाग्ने छ । १५ गते साँझ पापिनी विवाह हुन् र १६ गते मेला लागेर पापिनी मेला सकिन्छ । तर पछिल्ला वर्षहरूमा भने खेलकुदका कार्यक्रम लामो भएका कारण १६ गतेपछि पनि मेला जारी नै रहन्छ । यो वर्ष पनि १८ गतेसम्म भलिबल जारी रहने आयोजक हाम्रो सरोकार साँखले जनाएको छ ।

papini-bibah-(1)-1738118254.jpg

papini-bibah-(12)-1738118242.jpg

papini-bibah-(6)-1738118229.jpg

papini-bibah-(7)-1738118230.jpg

papini-bibah-(2)-1738118216.jpg

papini-bibah-(8)-1738118233.jpg

papini-bibah-(9)-1738118234.jpg

papini-bibah-(4)-1738118223.jpg

papini-bibah-(3)-1738118217.jpg

papini-bibah-(10)-1738118238.jpg

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update