Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको लागि रुकुम पश्चिममा सहायता अभियान

दोस्रो भेरियन्ट सहितको कोरोना व्यापक फैलिरहेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा समस्या बढ्दै गइरहेको छ । भएका स्रोत तथा सामग्रीको अपुग छ । कोरोना संक्रमित, संक्रमणले च्याप्दै लिएका विरामी र मृत्यु हुनेको संख्या बढिरहेको छ । रुकुम पश्चिमको दृश्य पनि यही हो । भएका स्रोत, सामग्रीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा पुगिरहेको छैन ।

विरामी शैय्या, अक्सिजन तथा अरु उपचार अभावमा छटपटिरहेका छन् । यसै बेला कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सघाउन एउटा अभियान चलाइएको छ । रुकुम पश्चिम घर भइ विभिन्न सरकारी सेवामा सेवारत कर्मचारी, विदेशमा रहेका रुकुमेली, व्यवसायी लगायतले सहायता अभियान सुरु गरेका हुन् । रुकुम पश्चिममा कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सघाउनको लागि अक्सिजन लगायतका अन्य सामग्रीको व्यवस्थापन गर्ने गरी यो अभियान चलाइएको हो ।

अभियानका लागि सहयोग संकलन समेत जुट्न थालेको छ । रुकुम पश्चिम मुसीकोटमा रहेको ग्लोबल आइएमई बैंकमा खाता खोली सहयोग संकलन थालिएको हो । यस अभियानमा सोमबार मात्रै विभिन्न १७ जना व्यक्तिबाट ८९ हजार ७ सय ९२ रुपैयाँ जम्मा भएको छ ।

सबैको साझा सहयोग र प्रतिबद्धताबाट कोष संकलन गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका सामग्री खरिद गरी हस्तान्तरण गर्ने उद्देश्यले अभियान थालिएको एक अभियान्ता अर्जुन भण्डारीले बताउनुभयो । अक्सिजन, एम्बुलेन्स तथा अक्सिजन प्लान्टमा समेत सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यमा कोष जम्मा गरिरहेको अभियान्ता भन्डारीले बताउनुभयो ।

कोषमा जम्मा हुने रकमको आधारमा के गर्ने भन्ने थप निक्र्योल हुने जनाइएको छ । यो अभियानले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा स्वयसेवक समेत परिचालन गर्ने कि भनेर योजना बनाइरहेको छ । यदी कसैले यो अभियानमा साथ सहयोग गर्न चाहनुहुन्छ भने रुकुम पश्चिम मुसीकोटमा रहेको ग्लोबल आइएमई बै‌कमा रहेको सहायता फाउन्डेशन नेपालको खाता नम्बर ५३०१०१००००१७४ मा जम्मा गर्न सक्नुहुने छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update