Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्यव समितिको  समिक्षात्मक बैठक सम्पन्न

जिल्ला स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्यव समिति वास कलस्टरको  समिक्षात्मक बैठक सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम खलंगामा समितिको बैठक सम्पन्न भएको हो । बैठकमा संयूक्त पुर्नलाभ कार्ययोजना(JRAP) परियोजना अन्तरर्गत युनिसेफ र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा वास पुर्नलाभ कार्यक्रम अन्तरर्गत संचालन भएका कार्यक्रमको बारेमा रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम अधिकृत बमबहादुर खड्काले प्रस्तुतीकरण  गर्नुभएको थियो ।

त्यस्तै जिल्लामा अन्य संघसंस्थाले भूकम्प पछि जिल्लामा गरेका गतिविधिको बारेमा पनि प्रस्तुत गरेका थिए । सहभागिहरुले खानेपानी सुरक्षित र पहुँच याेग्य हुनुपर्ने, खानेपानी सम्बन्धीका काम गर्दा दिगोपनामा ध्यान दिनुपर्ने लगायतमा विषय उठान गरेका   थिए । साथै जिल्लमा वास सम्बन्धी सरकारी तथा गैरसरकारी संस्थाहरुले यसको समिक्षा  समेत गरेका थिए । आगामी दिनमा खानेपानी सरसफाई  तथा स्वच्छता सम्बन्धी गुरु योजना बनाएर अगाडी बड्नु पर्ने सहभागिहरुले जोड दिएका थिए ।

जिल्ला स्तरिय खानेपानी सरसफाइ समन्य समितिका अध्यक्ष तथा जिल्ला समन्य समितिका प्रमुख लुम्बिनी  गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका योजना आयोगका सदस्य डम्बरबहादुर रावतको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, कर्णाली प्रदेश खानेपानी सरसफाइ तथा उपभोक्ता समित अध्यक्ष मानबहादुर रोकाय, खानेपानी तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतो, शिक्षा विकास तथा समन्य इकाइका प्राविधिक सहायक डायमण्ड पुन, उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, गैरसरकारी संस्थाका सचिव गोर्कण खड्का, पत्रकार महासंघका उपाध्यक्ष देवकुमार ओली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले गर्नुभएको थियो । 

WhatsApp-Image-2025-01-31-at-11.35.49_e2c38b9b-1738335210.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update