Kakhara सबैको खबर सम्पूर्ण खबर
एक साता लगाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ का ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । माघ ८ गते देखि १५ गतेसम्म वडाका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । वडा कार्यालयको सहकार्य र सहरी स्वास्थ्य केन्द्र मुसिकोट ६ झुल्खेतको आयोजनामा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । जस क्रममा ३२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण गराएका छन् ।

जसमध्ये १४ जनामा विभिन्न स्वास्थ्य समस्या देखिएको झुल्खेत स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक डिल्लीराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई रोग सम्बन्धी परामर्श गरी पुनः स्वास्थ्य परीक्षण गरी खानपिनमा सुधार गरी औषधि सुरु गर्न भनिएको छ ।

५ जनामा उच्च रक्तचाप, ५ जनामा मधुमेह, ५ जनामा कोलेस्ट्रोल, ४ जनामा ट्राइग्लाइसेराइड, १ जनामा मिर्गौलाको समस्या, ५ जनामा युरिक एसिड, ३ जनामा पिसाबको संक्रमण र २ जनामा पिसाबमा क्याल्सियम अक्जालेट समस्या देखिएको बोहराले बताउनुभयो । एकै जनामा एक भन्दा बढी रोगको समस्या देखिएको उहाँले बताउनुभयो ।

वडाभरका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरी तयारी गरिएको र सोही अनुसार प्रचार प्रसार गर्दा पनि ३२ जना मात्र स्वास्थ्य परीक्षणका लागि आएको उहाँको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update